छक्का पञ्जा ५: आवेदन मार्फत अन्तर्राष्ट्रिय वितरणको टुङ्गो



काठमाडौं। यस वर्षको प्रतीक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ दसैँको फूलपातीमा रिलिज हुने तयारीमा छ। दीपक-दीपाको टिमले बनाएको यो चलचित्र प्रमुख अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शनमा आउने पक्का भएको छ।

निर्माताले पाँच वटा अन्तर्राष्ट्रिय टेरिटोरीका वितरक टुङ्गो लगाएका छन्, यद्यपि लिखित सहमति हुन बाँकी छ। मध्यपूर्व र मलेसियामा नेपफिल्म्सका रमेश ढकालले चलचित्र वितरण गर्नेछन् भने अमेरिकामा प्याट्रिक सुवेदीले, युरोपमा राजमान तामाङले र जापानमा सुभाष लामिछानेले जिम्मा लिएका छन्। इङ्ल्याण्डको पनि टुङ्गो लागेको छ र अस्ट्रेलियाको वितरक छिट्टै टुङ्गो लाग्ने जनाइएको छ। 

निर्माता तथा अभिनेता दीपकराज गिरीले मिडियालाई बताए अनुसार, सम्बन्धित वितरकमार्फत चलचित्र सम्बन्धित क्षेत्रका बक्स अफिसमा रिलिज गरिनेछ र सकेसम्म नेपालकै मितिमा रिलिज गर्ने योजना छ। दुई साताअघि खुला गरिएको अन्तर्राष्ट्रिय वितरण आवेदन खुला गरिएको थियो र यो प्रचलन नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा पहिलो पटक हो। 

नेपालको लागि भने चलचित्रको वितरण मनोज राठी, उज्ज्वल पौडेल र विक्रम पराजुलीले गर्दैछन्। चलचित्रमा दीपकसहित वर्षा सिवाकोटी र केदारप्रसाद घिमिरे प्रमुख भूमिकामा छन् भने निर्देशन दीपाश्री निरौलाको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu