खेलाडीमा उत्साह थप्न ‘वर्ल्ड कप इन नेपाल’को च्यारिटी



world-cup-in-nepal-poster

नेपाली चलचित्र ‘वर्ल्ड कप इन नेपाल’को चितवनमा च्यारिटी हुने भएको छ । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकले आफ्नोे चौथो वार्षिकोत्सबको अवसरमा चलचित्र च्यारिटी गर्न लागेको  हो । जेष्ठ १९ गते, सोमबार विहान १० बजे नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी हुनेछ ।

खेलकुदको क्षेत्रसँग सम्बन्धित निकै कम चलचित्र बन्ने गरेकाले सम्पूर्ण खेलाडीहरुको मनोबल र उत्साह थप्न केही हद सम्म भएपनि सहयोग पुर्‍याउने उद्देश्यले सो चलचित्र च्यारिटी हुन लागेको पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक हरि कार्की ‘लक्की’ले बताए ।

नेपालको एउटा गाउँमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मामिर्क ढंगले प्रस्तुत गरिएको चलचित्र ‘वर्ल्ड कप इन नेपाल’ नेचुरल मुवि मेकर्शको ब्यानरमा प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । चलचित्रमा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu