महिलाको पीडामा आधारित चलचित्र ‘माइली’को मुहूर्त



काठमाडौं। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको छ। बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको चलचित्रको मुहूर्त कार्यक्रममा कलाकार र प्राविधिकहरूको उपस्थिति थियो।

चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे, र रेश्मा केसीको अभिनय रहनेछ।

मुहूर्त कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दै पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए। नायिका प्रियङ्का कार्की र नव कलाकार कमला घिमिरेले मुहूर्त सट दिएका थिए। चलचित्रमा प्रियङ्का र कमला आमाछोरीको भूमिकामा छन्।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए। उनले भने, “दलित महिलाको श्रीमान् नभएपछि समाजले उसमाथि कस्तो दृष्टि लगाउँछ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ।”

मङ्गलवारबाट छायाङ्कन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं, र दुबईमा खिचिनेछ। चलचित्रमा शङ्कर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद, राजेन्द्र बजगाईँको सङ्गीत, शिव ढकालको छायाङ्कन, केबलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन, र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu