राजेश हमाल ८ वर्षपछि अभिनयमा फर्किँदै, दिवाकरको निर्देशनमा सहमति



काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा महानायकको रूपमा परिचित अभिनेता राजेश हमाल ८ वर्षको अन्तरालपछि अभिनयमा फर्किने भएका छन्। उनले निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा काम गर्ने सहमति दिएका छन्।

आइतबार बेलुका भट्टराई र हमालबिच लिखित सहमति भएको हो। हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्।

हमालले लेखेका छन्, “लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु।” पछिल्लो पटक उनले चलचित्र ‘शकुन्तला’मा अभिनय गरेका थिए र त्यसपछि कुनै चलचित्रमा देखा परेका थिएनन्। उनले यस बिचमा म्युजिक भिडियोमा समय बिताइरहेका थिए।

निर्देशक भट्टराईले चलचित्रको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार पारेको बताएका छन्। यसको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु हुने र यसको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu