नेपालमा पहिलो पटक एआईद्वारा निर्मित म्युजिक भिडियो सार्वजनिक



काठमाडौं। नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलो पटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) द्वारा निर्मित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेपलिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत ‘थाकिसकेँ’को एआईद्वारा निर्मित भिडियो आइतबार राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गरेको हो।

यस भिडियोमा एआईलाई दिइएको निर्देशनअनुसार युवायुवतीको प्रेम र बिछोडको दृश्यलाई मनमोहक ढङ्गले प्रस्तुत गरिएको छ। एआई द्वारा सिर्जित भिडियोमा इनडोर र आउटडोर, कफी सपदेखि गाउँ–सहरका रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्यहरू समावेश गरिएको छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, र टोपाज भिडियो एआईजस्ता सफ्टवेयरको मद्दतले यो भिडियो निर्माण गरिएको छ, जसमा एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ गरिएको छ।

विवेक पोखरेलको शब्द रचना र ग्रामी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहको बाँसुरीसहितको सो गीतमा शाश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ। सन् २००८ मा सार्वजनिक ‘थाकिसकेँ’ गीत ब्यान्डको द भाइब्ज जेनेरेसन एल्बममा समावेश थियो, र अहिले यो गीत एआई जेनेरेसनसँग पुनः प्रस्तुत गरिएको छ।

सङ्गीतमा नयाँ–नयाँ प्रयोग गर्न माहिर द भाइब्जले विभिन्न प्रकारका गीत र सङ्गीत सिर्जना गर्दै आएको छ। यस गीतको पुरानो भिडियो क्यालिफोर्नियाका विभिन्न स्थानमा १०,००० डलर खर्च गरेर छायाङ्कन गरिएको थियो। शैलेन्द्र डी कार्कीले निर्देशन र छायाङ्कन गरेका सो भिडियोले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जितेको थियो। ब्यान्डले ‘निर्मोही’, ‘तस्बिर तिम्रो’, ‘काठमाडौं सिटी’ जस्ता चर्चित गीत ल्याइसकेको छ। ब्यान्डमा भोकलिस्ट प्रइन सिंह, ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा, र बाँसुरीमा मनोज सिंह रहेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu