बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ निर्माण घोषणा



काठमाडौं। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ। चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै यस चलचित्रको निर्माणको घोषणा गरिएको हो।

चलचित्रको कथा र निर्देशन जोन योञ्जनले गरेका छन्। फस्ट लुकमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। पृष्ठभूमिमा निलो सर्ट लगाएका अन्य विद्यार्थी र उनीहरूलाई पढाइरहेकी शिक्षिकालाई पनि देख्न सकिन्छ।

चलचित्रमा महेश दवाडीको पटकथा र संवाद रहनेछ भने प्रशान्त सिवाकोटीको सङ्गीतले सुसज्जित हुनेछ। सेभेन सिज इन्टरटेनमेन्टको यसअघिको चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ भने अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पूरा भई हाल पोस्ट प्रोडक्सनमा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu