काठमाडौं। हरितालिका तीजको अवसर पारेर भदौ २१ गते रिलिज हुन लागेको चलचित्र ‘देवी’को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ३० सेकेन्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराधका घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरेको छ।
चलचित्रको टिजरमा समावेश एक संवादले यसलाई केही वर्ष अघि सुदूरपश्चिममा घटेको नाबालिक १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आधारित रहेको सङ्केत गर्दछ। टिजरले दर्शकहरूमा उत्सुकता पैदा गरेको छ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रका निर्देशक सन्जोग राई हुन्। कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्र हो, जसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जङ्ग खड्का, र विकास पन्तको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्। रेमन गुरुङ, नारायण राई र सन्जोग राईको निर्माण रहेको चलचित्रको छायाङ्कन जोएल फ्रोमले गरेका हुन्। चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन्।
टिजरः