प्रधानमन्त्री ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरे, प्रदर्शन मिति तय



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा आफ्नो भागको डबिङ गरेका छन्। शनिवार अनामनगरस्थित ‘द म्युजिक इरा रेकर्डिङ स्टुडियो’मा डबिङ गरिएको यो चलचित्र सत्य घटनामा आधारित छ, जसमा एसिड सर्भाइभरहरुको वास्तविक जीवनको कथा समेटिएको छ।

निर्देशक तथा निर्माता रमित ढुङ्गानाले जानकारी गराएअनुसार, ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने छ। पूर्व प्रधानमन्त्री माधव नेपालले समेत चलचित्रमा अभिनय गरेका छन् र केही दिन अगाडि आफ्नो दृश्यको डबिङ सकेका थिए।

चलचित्रमा प्रमुख भूमिकामा अधिकांश नयाँ अनुहारहरू देख्न सकिन्छ, जबकि सुरवीर पण्डित, सुनिल कटुवाल लगायतका पुराना अनुहारहरू पनि छन्। 

यो चलचित्रमा ३३ जना एसिड आक्रमण पीडितहरूको कथालाई समेटेर बनाइएको छ। शिवम् अधिकारीले लेखेको यस कथामा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu