नम्रता सापकोटा: नम्बरी सुनकी सोझी युवती



काठमाडौं। अभिनेत्री नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदै छिन्। नम्रता यस चलचित्रमा एक ग्रामीण सोझी युवतीको भूमिकामा देखिन लागेकी छिन्।

नम्रताले खुलासा गरे अनुसार, उनी खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छिन्। “मेरो पात्र एक साधारण र निस्वार्थ युवती हो, जो आफ्नो प्रेम प्राप्तिका लागि सङ्घर्ष गर्छे,” उनले भनिन्। “चलचित्रमा मैले धेरै बोल्नु परेको छैन, मेरा भावनाहरू नै मुख्यतः प्रस्तुत भएका छन्।” नम्रताले यस चलचित्रमा आफ्नो चरित्र निकै फरक र चुनौतीपूर्ण रहेको बताइन्। “म प्रत्येक चलचित्रमा नयाँ चरित्र निभाउन चाहन्छु। यस चलचित्रमा मैले प्रेमको लागि आफ्नो पात्रले लडेको देख्न पाउनुहुनेछ,” उनले भनिन्।

नम्रताले चलचित्रका ‘प्रेमी’ गौरव पहाडीको कामबाट प्रभावित भएको बताइन्। “गौरव काममा एकदमै गम्भीर छ। म गौरव र विनोद न्यौपानेबाट धेरै कुरा सिकेँ,” उनले भनिन्। नम्रता ‘नम्बरी सुन’बाट निकै आशावादी सुनिइन्। “म प्रत्येक चलचित्रबाट आशावादी हुन्छु किनभने कथा मन परेर काम गर्ने हो,” उनले भनिन्। “मेरो क्यारेक्टरलाई मेहनत गरेको छु, र यो चलचित्रमा मेरो पात्रबाट निकै आशावादी छु।”

नम्रताले दर्शकलाई चलचित्रको कथा र प्रस्तुतिको लागि ‘नम्बरी सुन’ हेर्न आग्रह गरेकी छिन्। “यसमा विशुद्ध नेपाली अर्ग्यानिक कथा छ। गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौँ। त्यो बेलाको जीवनशैली थाहा पाउन यो चलचित्र हेर्नुपर्छ,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu