चलचित्र ‘वर एन्ड बधू’को गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी



काठमाडौं। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘वर एन्ड बधू’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ। यो गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी प्रस्तुत गरिएको छ। राजेश पायल राई र मेलिना राईको स्वरमा सजिएको यो गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्ता उदासको शब्द छ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, विजय लामा, रवीन्द्र खड्का, सृष्टि खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ। गीतमा सबै कलाकारहरूले निकै जोसिलो नृत्य गरेका छन्।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा जानुका थापाको लगानी रहेको छ। अमृत रिजाल चलचित्रका कार्यकारी निर्माता हुन्। चलचित्रमा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ। चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

‘वर एन्ड बधू’मा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रवीन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरूको अभिनय छ। यो चलचित्र भदौ १४ गतेबाट विश्व बजारमा एकसाथ रिलिज हुँदैछ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu