चलचित्र ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक



काठमाडौं। निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘सतीदेवी’ को मर्मस्पर्शी ट्रेलर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। यो चलचित्रले महिला सशक्तीकरणको सन्देश दिन र पितृसत्तात्मक सोचको विरोध गर्न बनाइएको सामाजिक कथावस्तुलाई प्रस्तुत गर्छ।

‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शन हुँदैछ। यसमा छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक सोच र समाजको कहानी प्रस्तुत गरिएको छ। निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई चलचित्रमा उतारेको बताएका छन्।

चलचित्रको शीर्ष भूमिकामा मलिका महतको अभिनय रहेको छ। यसका अतिरिक्त सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतका कलाकारहरूको प्रमुख भूमिकामा अभिनय छ। बाल कलाकारहरू हर्षिका वली र मन्जिला बानियाँ पनि चलचित्रमा छन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र श्रीदेवी सुवेदीद्वारा निर्माण गरिएको छ। चलचित्रले पितृसत्तात्मक सोच र बाउछोरीबीचको सम्बन्धको कथा मार्फत समकालीन सामाजिक समस्याहरूलाई उजागर गर्न चाहेको निर्देशकको जिकिर छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu