नेपाल आइडल विजेतासँग युएईमा स्टेन्डअप कमेडी शो



काठमाडौं। नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईको अबुधाबी र दुबईमा आगामी अगस्ट ३ र ४ तारिख नेपाल आइडल विथ स्टेन्डअप कमेडी शो आयोजना हुने भएको छ। यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र द अरनिको इन्टरटेन्मेन्टले आयोजना गरेका हुन्। कार्यक्रम नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ।

कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फस्ट रनर अप सलोनी गुरुङ, सेकेन्ड रनर अप सचिन विश्वकर्मा सहित कमेडियन द्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन्। सजन श्रेष्ठको यो पहिलो युएई प्रस्तुति हो भने दले दाइको दोस्रो हो।

अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा अगस्ट ३ तारिख र दुबईस्थित क्लब एस के सेभेनमा अगस्ट ४ तारिख हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा इभेन्टसले गर्दैछन्।

कार्यक्रममा गन्तव्य ट्राभल एन्ड टुरिजमले मुख्य प्रायोजन गरेको छ भने एनआरएनए युएई, ग्लोबल एनआरएनए, नेपाल आदिवासी जनजाति महासङ्घ, तनहुँ समाज, कास्की समाज लगायत २८ बढी सङ्घसंस्थाको सहयोग रहनेछ।

कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu