शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन



काठमाडौं। शास्त्रीय सङ्गीतका प्रतिष्ठित साधक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ८ बजे सिराहास्थित आफ्नै घरमा ६९ वर्षीय कामतको निधन भएको हो । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिने बताइएको छ।

गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। पछिल्लो समय घरमै डायलाइसिस गराइँदै आएको थियो। आर्थिक सङ्कटका कारण उपचार गर्न नसक्दा उनी परिवारसहित आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए।

शास्त्रीय सङ्गीतमा जीवन समर्पित गरेका गुरुदेव कामतलाई नेपाली सङ्गीत क्षेत्रले उच्च सम्मानका साथ लिने गर्छ। गायक, सङ्गीतकार तथा सङ्गीत गुरुका रूपमा परिचित कामतको निधनले सम्पूर्ण सङ्गीत क्षेत्र शोकमग्न बनेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu