नारी वेदनालाई समेट्दै चलचित्र ‘बुलाकी’को ‘सधैँ पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक



काठमाडौं। पछिल्लो समयमा महिला प्रधान फिल्महरूमा समावेश यस प्रकारका गीतहरू दर्शक र श्रोतामाझ लोकप्रिय बनिरहेका छन्। यसैबिच, साउन ३२ गतेबाट पुनः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ। ‘सधैँ पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ।

गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने शब्द र सङ्गीत बाबुल गिरीले दिएका छन्। यसको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता बिराज विष्ट, नरेन खड्का लगायत कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा पश्चिम नेपालको गहिराइमा पुगेर त्यहाँको जीवन दैनिकीलाई चित्रण गरेको विशुद्ध मौलिक कथा प्रस्तुत गर्ने कोसिस गरेको छ। स्व. मोती विष्टको प्रस्तुतिमा बनेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। टोपेन्द्र विष्टले निर्माण गरेका हुन् भने यसमा कुलदिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

यो चलचित्र पुनः प्रदर्शन गर्न लागिएको हो। अघिल्लो नयाँ वर्षमा रिलिज गरिएको यस चलचित्रले आवश्यक शो प्राप्त नगरेको भन्दै निर्माताले दुई दिनमा नै हलबाट उतारेका थिए।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu