जेठ ३ गते आर्मी अफिसर्समा हुँदैछ ‘बक्स अफिस फिल्म अवार्ड’



box-office

[dropcap][/dropcap]टक-पटक मिति र स्थान सारिएको ‘बक्स अफिस फिल्म अवार्ड’ जेठ तीन गते हुने भएको छ । सम्पूर्ण तयारी पुरा गर्दै अवार्ड आयोजक संस्था बक्स अफिस फिल्म क्लबले आर्मी अफिसर्स क्लबमा अवार्ड सम्पन्न हुने जनाएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै क्लबले विविध प्राविधिक कारणले गर्दा यसअघि होटल हायातमा गर्ने भनिएको अवार्ड सरेको जनाएको छ ।

कुल चालिस विधामा वितरण गर्न लागिएको यो फिल्म अवार्ड वितरण समारोहको लागी देशको विशिष्ट पदमा रहेका विदेशी दातृ निकायका प्रमुखहरुलाई समेत बोलाईएको आयोजकले जानकारी दिएको छ । पछिल्ला दुई बर्षमा रिलिज भएका १२१ वटा चलचित्र वक्स अफिस फिल्म अवार्डमा प्रतिस्पर्धामा छन् । यो अवार्डको अघिल्लो संस्करण दुबईमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu