‘रावायण’को पोस्टरमा पल शाहको रौद्र रूप



काठमाडौं। भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। शुक्रवार रिलिज गर्न लागिएको टिजरको काउन्टडाउन सहितको पोस्टरमा अभिनेता पल शाहलाई दाह्री जुँगा सहितको रिसाएको भावमा रौद्र रूपमा देखिएका छन्।

यसमा पल सहित पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, र प्रदीप ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्देशक सुदर्शन थापा हुन् र सुदर्शन थापा प्रोडक्शन तथा पुजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको छ। निर्माता पुजा शर्मा हुन् भने कार्यकारी निर्माता सुशन पाठक हुन्।

चलचित्रको लेखन शिवम अधिकारीले गरेका छन् भने पटकथा प्रदीप श्रीवास्तवले लेखेका छन्। छायाङ्कन सौरभ लामाले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। सङ्गीतकारहरू नीरज सिंह र रेवन आरती सिंह हुन् भने गायकहरू नकासा अजिज, कुनाल गान्जावाला, र सोनु कक्कर रहेका छन्। गीतका शब्दहरू डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवले लेखेका छन्। यसमा श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, र विजय बस्यालको पोस्टर डिजाइन रहेको छ। वितरण आरआर फिल्मसले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu