चलचित्र ‘कार्साङ’को छायाङ्कन सुरु



काठमाडौं। यम शेर्पाले निर्देशन गर्ने नेपाली चलचित्र ‘कार्साङ’को छायाङ्कन सुरु भएको छ। मङ्गलवारदेखि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँमा छायाङ्कन सुरु भएको हो।

छायाङ्कन शेर्पा परम्परा अनुसार पूजा गरेर थालिएको हो। बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभ मुर्हूत गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यो चलचित्रको छायाङ्कन एक महिनासम्म चल्ने बताइएको छ।

यसका मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन्। सृजना र छिरिङ यस चलचित्रमार्फत चलचित्रमा डेब्यु गर्दैछन्।

यसका निर्माता पुरुषोत्तम प्रधान हुन्। सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन्। चलचित्रको वितरण देशभर आरआर फिल्म्स्ले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu