‘द आउट ल: दफा २१९’ टिजर पछि विदेशमा माग, जापान अधिकार विक्री



काठमाडौं। चलचित्र ‘द आउट ल: दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग चुलिएको छ। दर्शकहरूले टिजरलाई निकै रुचाएका छन्, विशेष गरी नायक सुशील श्रेष्ठको गेट अप र उनको एङ्ग्री अवतारको खुलेर प्रशंसा गरिएको छ। चलचित्रको मेकिङ पनि अत्यधिक सराहनीय ठहरिएको छ।

टिजर सार्वजनिक भएपश्चात् चलचित्रको विदेश अधिकार पनि विक्री हुन थालेको छ। निर्माण पक्षका अनुसार, यो चलचित्रको जापान अधिकार विक्री भइसकेको छ। जापानमा चलचित्र वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो चलचित्र खरिद गरेको हो। कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले टिजर सार्वजनिक भएपछि दर्शकमा चलचित्रप्रति उत्साह बढेको बताए, त्यसैले आफ्नो कम्पनीले चलचित्रको जापान अधिकार खरिद गरेको उनको भनाइ छ।

चलचित्र ‘द आउट ल: दफा २१९’को कथावस्तु भने अझै खुलासा गरिएको छैन। तर, सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रबाट दर्शकले उच्च अपेक्षा गरेका छन्।

असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने यस चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन्। अमित अग्रहरी निर्माता रहेका यस चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन्। निर्माण पक्षले अन्य देशहरूमा पनि चलचित्र विक्रीका लागि छलफल भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu