दीप श्रेष्ठको ‘एक्लो भएछु’ गीत सार्वजनिक



काठमाडौं। वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको सङ्गीत रहेको यो गीतमा बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य व्यक्तिको कथा प्रस्तुत गरिएको छ। 

गीतको भिडियोमा वरिष्ठ नायक शिव श्रेष्ठ, अभिनेत्री अनु शाह, र बाल कलाकार देवासिस निरौलाको अभिनय रहेको छ। भिडियो सुरज तामाङले निर्देशन गरेका छन् भने विशाल थापाले छायाङ्कन र ज्वाला राईले सम्पादन गरेका छन्। 

कार्यक्रममा गीतको विमोचन रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी लगायतका अतिथिहरूले संयुक्त रूपमा गरे। 

दीप श्रेष्ठले गीतको शब्द र सङ्गीतले आफूलाई छोएको कारण गीत गाउन तयार भएको बताए। शिव श्रेष्ठले पनि गीतले मन छोएको भन्दै अभिनय गर्दा आफू भावुक भएको प्रतिक्रिया दिए। गीतकार अर्यालले यो गीतले वृद्ध उमेरमा एक्लोपन भोग्न नपरोस् भन्ने सन्देश दिन तयार पारेको जनाइन्। 

कार्यक्रममा अन्य अतिथिहरूले गीतले नेपाली सङ्गीतलाई धनी बनाएको र यसको सन्देशले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu