‘पिताम्बर’को वर्कशपमा कलाकार, दोस्रो चरणको छायाङ्कन भदौबाट



काठमाडौं। भदौबाट दोस्रो चरणको छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को वर्कशप चलिरहेको छ। वर्कशपमा प्रदीप खड्का, सौगात मल्ल, अनुप बिक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी लगायतका कलाकारहरूको सहभागिता छ।

‘ऐँचो पैँचो’पछि कृषा चौलागाईको यो दोस्रो निर्देशन हो र यो उनको ड्रिम प्रोजेक्ट पनि हो। भदौ १ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिस्ट, र विशाल पहारीको अभिनय रहनेछ। पहिलो चरणको छायाङ्कन गत वर्ष फागुनमा नवलपरासीमा गरिएको थियो।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा बनिरहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। निर्मातामा विशाल चौलागाई रहेका छन् भने प्रदीप भारद्वाजको लेखन रहेको छ। चलचित्रको बजेट ५ करोड रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu