म्यूजिक खबर म्यूजिक अवार्ड उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक



music[dropcap]‘ते[/dropcap]स्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अवार्डका निर्देशक एवं चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै अवार्डलाई मर्यादित र व्यवस्थित बनाउँदै तेस्रो संस्करणसम्म आइपुग्दा सम्पूर्ण संचारकर्मी एवं सहयोगी हातहरुको सहयोग जारी रहेको औंल्याएका थिए ।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले अवार्डको निरन्तरतामा तेस्रो वर्षसम्म आइपुग्दा संचारकर्मीहरुको ठूलो हात रहेको बताउँदै एउटा संचारको आयोजनामा भइरहेको म्यूजिक अवार्डप्रति कलाकारहरुको उत्साह बढ्दै गएको बताए ।

‘स्तरीय एवम् मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नाराका साथ अघि बढेको म्यूजिक खबर डटकमले गीतसंगीतलाई क्रियाशील गराउँदै स्रष्टा र सिर्जनामा नयाँपन ल्याउनका महत्वपूर्ण भूमिका खेलेको कार्यक्रममा अध्यक्ष रागीले बताएका थिए ।

गीत संगीतका बिभिन्न बिधाहरुमा यो अवार्ड बितरण गरिँदैछ । अवार्ड वितरण समारोह आगामी असार १ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu