पति अमिताभको नामसँग जोडिएपछि भड़किइन् जया बच्चन



बलिउड अभिनेत्री तथा भारतीय समाजवादी पार्टीकी सांसद जया बच्चन हालै आफ्नो नामसँग पति अमिताभ बच्चनको नाम जोडिएकोमा भड्किइन्। 

राज्यसभा उपसभापति हरिवंश नारायण सिंहले सदनमा जया बच्चनलाई ‘श्रीमति जया अमिताभ बच्चन जी’ भनेर सम्बोधन गरेका थिए। यसमा जया उपसभापतिमाथि भड़किदै भनिन्, “सर, सिर्फ जया बच्चन बोल्दा पर्याप्त हुने थियो।”

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा धेरै प्रयोगकर्ताहरूले उनलाई ट्रोल गरिरहेका छन्।

उपसभापतिले जवाफमा भने, “यहाँ पूरा नाम लेखिएको थियो त्यसैले मैले दोहोर्‍याएँ।” जवाफमा जया भनिन्, “यो के नयाँ सुरु भएको हो कि महिलाहरू आफ्ना पतिका नामले चिनिन्छन्। उनीहरूको कुनै अस्तित्व नै छैन। उनीहरूको कुनै उपलब्धि छैन आफ्नो?”

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जयालाई ट्रोल गर्न सुरु गरे। एक प्रयोगकर्ताले कमेन्ट गरे, “यी सधैँ रोइबसेकी किन हो?” अर्कोले लेखे, “म्याडम, तपाईँको कुनै उपलब्धि छैन, मानिसहरू तपाईँलाई अमिताभकै कारणले मात्र चिन्छन्।” एकले त यहाँसम्म भने, “मलाई अमिताभ बच्चनप्रति सहानुभूति छ।”

जयालाई अन्तिम पटक गत वर्ष जुलाईमा रिलिज भएको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu