‘अग्निदहन’ चलचित्र मंसिर ७ गते रिलिज हुने



काठमाडौं – बोक्सी कुप्रथाविरुद्ध सन्देश दिने चलचित्र ‘अग्निदहन’ मंसिर ७ गते रिलिज हुने घोषणा गरिएको छ। राष्ट्रपतिको कार्यालयमा प्रदर्शन भएको यो चलचित्र देशब्यापी च्यारिटी स्क्रिनिङ समेत गरिएको छ। मंगलबार संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदर्शन मिति समेटिएको पोस्टर सार्वजनिक गरे।

मन्त्री गुरुङले चलचित्रले बोक्सी कुप्रथाको अन्धविश्वास हटाउन सहयोग गर्ने बताए। निर्देशक घनश्याम लामिछानेले थ्रिल र सस्पेन्सपूर्ण यो चलचित्रमा सन्देश र उत्सुकता दुवै रहेको उल्लेख गरे। चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले चलचित्रलाई मैथिली, भोजपुरी र अंग्रेजी भाषामा पनि उपलब्ध गराइएको बताए।

‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला र ताराबहादुर गुरुङको अभिनय रहेको छ। चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu