पल शाह र बेनिशा हमालको नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा



काठमाडौं। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ। निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्र लक्ष्मण सुनारले निर्देशन गर्नेछन्। सुनारले यसअघि ‘बुलाकी’ निर्देशन गरेर चर्चामा आएका थिए।

यसमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने निर्माण प्रमुख सुरज आचार्य हुन्। ‘कल्ली’मा नायक पल शाह र नायिका बेनिशा हमालले मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ। निर्माणपक्षले छायाङ्कन अगावै पल र बेनिशाको गेट अप सार्वजनिक गरेका छन्।

तीन पोस्टरहरू सार्वजनिक गरिएका छन्, जसमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशा हमालको गेट अप फरक देखिएको छ। एक पोस्टरमा बेनिशाको आँखाबाट आँसु झरेको देख्न सकिन्छ भने अर्कोमा उनले हातमा अग्नि बोकेकी छन्।

पल शाह र बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन्। निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu