‘के घर के डेरा: घर नम्बर २’मा आर्यन घरबेटी बन्ने पक्का 



काठमाडौँ। अभिनेता आर्यन सिग्देलले चलचित्र ‘के घर के डेरा: घर नम्बर २’मा प्रमुख भूमिका निर्वाह गर्ने पक्का भएको छ। निर्माण पक्ष र आर्यनबीच लिखित सम्झौता सम्पन्न भएको छ। आर्यनको भूमिकाबारे निर्माण पक्षबाट विस्तृत जानकारी नखुलाइएको भए पनि उनले यो चलचित्रमा घरबेटीको भूमिकामा अभिनय गर्दैछन। आफ्नो भूमिकाबारे उत्साहित आर्यन यसअघि ‘पुजार सार्की’मा देखिएका थिए, जुन चलचित्र बक्स अफिसमा सफल रह्यो।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन साउन २५ गतेबाट सुरु हुने तयारीमा छ। यसमा खगेन्द्र लामिछाने र निश्चल बस्नेत पनि प्रमुख भूमिकामा रहनेछन्। निर्माण पक्षका अनुसार दुई प्रमुख नायिका चयन गर्न बाँकी छ।

यसको स्क्रिप्ट बुद्धि सागरले लेखिरहेका छन् र निर्माणमा ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानर रहेको छ।सामाजिक कथावस्तुलाई रोचक तरिकाले प्रस्तुत गर्ने योजना रहेको निर्देशक खनालले जनाएका छन्। निर्माणपक्षले फिल्मलाई यसै वर्ष रिलिज गर्ने तयारी गरेको छ।

Also read:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu