पशुपति शर्मा र शान्तिश्री परियारको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक



काठमाडौं। चर्चित गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वरमा सजिएको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बिच निर्माण कम्पनीले उक्त गीतको भिडियो वर्ल्ड प्रिमियर गरेको हो।

गीतको शब्द र सङ्गीत दुर्गेश थापाले दिएका छन्, जसले उक्त भिडियोको निर्देशन पनि आफैँ गरेका छन्। भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियङ्का कार्कीको अपोजिटमा देख्न सकिन्छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मोडल तथा तिब्बती गायक पेमा लामा र मोडल टर्न अभिनेत्री गरिमा शर्माले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्।

गीतले युवक र युवतीको भिन्न भिन्न प्रकारको पीडा र वेदनालाई प्रस्तुत गरेको छ। दुर्गेश, प्रियङ्का, पेमा, र गरिमाले लोभलाग्दो नृत्य पस्केका छन्, जसले गीतको भावनालाई थप सजीव बनाएको छ।

सार्वजनिक डान्सिङ नम्बरमा दुर्गेशले रमाइलो सङ्गीतको फ्युजन गराएका छन्। कार्यक्रममा गायक पशुपति शर्माले तीजमा नाच्न मिल्ने र सबैले मन पराउने प्रकारको शब्द र सङ्गीत समावेश रहेकोले उक्त गीतमा आबद्ध भएको बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले दुर्गेश थापाले आफ्नो परिचय बदल्ने गरी विशुद्ध मौलिकपना जोडेर गीत ल्याएको भन्दै बधाईसहित सफलताको शुभकामना दिए। तिब्बती गायक पेमा लामा, जो बौद्ध धर्ममा आस्थावान् छन्,ले हिन्दु धर्मको विशेष पर्व तीजलाई समेटेर तयार गीतमा जोडिएको भन्दै प्रशंसा पाएका छन्।

मोडल तथा गीतकार दुर्गेशले आफू रिल र रियल लाइफमा फरक रहेको भन्दै आफ्नो बारेमा गरिने गलत हल्लाको पछि नलाग्न आग्रह गरे। उनले आफू सधैँ सकारात्मकताको पक्षधर रहेको र विगतको परिचय बदलेर नयाँ प्रकारले गीतसङ्गीतमा क्रियाशील हुने बताए। आफ्नो हिट सिरिज ‘बीच्च बीच्चमा ७’ लाई सन्देशमूलक बनाएर तीजकै अवसरमा दर्शकमाझ ल्याउन लागेको उनले खुलाए।

गीतको छायाङ्कन रुपेश थापाले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन्।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu