‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक, हरिहर अधिकारी ‘एंग्री योङ्गम्यान’को भूमिकामा



काठमाडौं। संविधान दिवसको अवसर पारेर असोज ३ गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई ‘एंग्री योङ्गम्यान’को रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई उत्साहित बनाएको छ।

पोस्टरमा हरिहरसहित भारतीय चर्चित कलाकारहरू कबिर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा सहित नेपाली अभिनेता प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ। केही दिनभित्र यसको टिजर पनि सार्वजनिक गर्ने तयारी रहेको निर्देशक चन्द्र पन्तले बताएका छन्।

पन्तको डेब्यु निर्देशन रहेको चलचित्रमा निता फिल्म्सको प्रस्तुति रहेको छ र कार्यकारी निर्माता धनञ्जय गलानी हुन्। यसमा निता ढुङ्गाना, ब्रह्मानन्दम, अलि, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीको पनि अभिनय रहेको छ।

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहर अधिकारीको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई भारतीय छायाकार कबिरलालले खिचेका हुन्। नेपाली, तेलुगु, र हिन्दी गरी तीन भाषामा रिलिज गरिने यो फिल्मले यसलाई अझ व्यापक दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu