‘अगस्त्य’ निर्देशकले ‘कर्मा’ बनाउने



काठमाडौं। गत फागुनमा रिलिज भएको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’का निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र बनाउने भएका छन्। उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘कर्मा’ राखिएको छ।

बिहीबार यसको शीर्षकको डिजाइन सार्वजनिक गर्दै घोषणा गरिएको हो। यो चलचित्र एक्सन प्रधान हुने बताइएको छ। यसको कथा पनि सौरभले नै लेखेका छन्। “यो चलचित्र एक्सन मात्रै पनि होइन। एक्सन यसको प्रमुख हिस्सा भने हो,” चौधरीले भने।

वसन्त लम्साल चलचित्रका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu