गहुँ बारीमा सुदर्शन र पुजाको रोमाञ्स | फोटो फिचर



ajai-pani-shooting-1

[dropcap]बै[/dropcap]साखको समय । गाउँघरमा जाउँ या अन्त कतै खेतीबाली गरेको ठाउँमा जाउँ, खेतमा गहुँको बाला लह-लह गरिरहेको देख्न सकिन्छ । यस्तै गरी गहुँको बाला झूलिरहेको काठमाण्डौंको धर्मस्थली गाविसमा खेतको बीचमा सोमवार भने एक अनौठो दृश्य देखियो । जहाँ केहि युवाहरुको जमात लुकामारी खेल्दै गरेको देखियो भने दुई जना युवा र युवती मस्तीसँग घरी हात समाएर त घरी कम्मर मर्काउँदै गरेको देखिन्थ्यो । दृश्य रोमाञ्चक देखिन्थ्यो ।

ajai-pani-shooting-2

यो दृश्य हेर्न अन्य गाउँवासी पनि जम्मा भएका थिए, तर एकैछिनमा एक जना व्याक्ती ‘कट’ भन्दै देखिए । उनी कोही नभएर निर्देशक आलोक नेम्वाङ थिए भने गहुँ झूलिरहेको खेतको बीचम मस्ती गर्ने पनि अरु नभएर चलचित्र ‘अझै पनि’को छायांकनको क्रममा दृश्य दिँदै गरेका नायक सुदर्शन थापा र नायिका पुजा शर्मासहितका कलाकारहरु थिए ।

ajai-pani-shooting-3

उक्त चलचित्रको छायाँकनको क्रममा यो दृश्य क्यामेरा कैद हुँदै थियो । केहि दिन पहिले फ्लोरमा गएको यो चलचित्रक अहिले धमाधम छायाँकनको काम भईरहेको छ । ‘करिब १५ सिन र एक गीत हामीले खिचिसकेका छौँ अनि अर्को कुरा मलाई विगतका फिल्महरु भन्दा यो फिल्म निर्देशन गर्न निकै सहज लागिरहेको छ,’ एक्शन कट भन्नमा व्यस्त निर्देशक नेम्वाङले भने ।

ajai-pani-shooting-4

चलचित्र निर्देशकको परिचय बनाएर चर्चा बटुलिसकेका सुदर्शन थापा यस चलचित्रमामा मुख्य अभिनेताका रुपमा खेलेका छन् । थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनले ‘अझै पनि’लाई कष्ट्यूम डिजाईनर पुनम गौतमसंगको सहकार्यमा निर्माण गरेको हो ।

ajai-pani-shooting-5

सुदर्शन र पुजा सँगै यो चलचित्रमा पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल र विपना धिमाल, सुरक्षा पन्त लगायतका कलाकारहरुले अभिनय गर्दैछन् । राजेश श्रेष्ठले क्यामेरा चलाएको यो चलचित्रमा विजय लामा र मिथिला शर्माको साथमा रामशरण पाठकको पनि बिशेष भुमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu