डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर



काठमाडौं। सलोन सलिना फिल्मसको प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रञ्जना हलमा गरिएको छ। सलिना बस्नेत र आर्यन पौडेल अभिनीत यो डकुड्रामा भदौ २ गतेबाट ओएसआर डिजिटल र विभिन्न ओटीटी प्लेटफर्महरूमा प्रसारण हुँदैछ।

रामजी राउतद्वारा निर्देशित र शोभित बस्नेतद्वारा प्रस्तुत ७ एपिसोडको यो डकुड्रामाले नेपालका असहाय र पीडितको जीवनलाई उजागर गरेको छ। यसमा शम्भुजित बासकोटाको सङ्गीत, आनन्द अधिकारीको शब्द, र उमा कार्की, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान, जय विनोद काफ्ले, सुनिल भण्डारी, शिव राज नेपाल, र स्वरूप जङ्ग रायमाझी लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu