एमडब्लूसीको ब्रान्ड एम्बेसडरमा नाजिर नियुक्त



काठमाडौं। नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)का लागि चर्चित नेपाली अभिनेता नाजिर हुसेन ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी नाजिरलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। 

एमडब्लूसीका अनुसार, नाजिरलाई एक वर्षको लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ, जस दौरान उनले कम्पनीका प्रडक्टहरूको प्रचार र बिक्रीमा विभिन्न तरिकाबाट मद्दत गर्नेछन्।

एम्बेसडर नियुक्त कार्यक्रममा बोल्दै, नाजिरले एमडब्लूसीका प्रडक्टहरू हाम्रो लागि उपयुक्त रहेको बताए। “म पनि सबै भन्दा बढी इयरबड प्रयोग गर्ने मध्ये एक हुँ; प्रायः मेरो साथमा इयरबड भइराख्छ,” उनले भने, “इयरबडका लागि चर्चित एमडब्लूसीको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी छु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu