निर्देशक विधान कार्कीको म्युजिक भिडियोले अमेरिकामा जित्यो अवार्ड



नेपाली म्युजिक भिडियोले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उदाहरण ‘आमाको ममता’ म्युजिक भिडियोले प्रस्तुत गरेको छ। अमेरिकाको लस एन्जलसमा आयोजना भएको लस एन्जलस मुभी एण्ड म्युजिक भिडियो अवार्ड्समा ‘आमाको ममता’ म्युजिक भिडियोले उत्कृष्ट एशियन म्युजिक भिडियो २०२४ को अवार्ड जितेको छ। यसले नेपाली म्युजिक भिडियो पनि अन्तर्राष्ट्रिय स्तरका छन् र बलियो प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको छ। 

यस अवार्ड्समा अमेरिका, क्यानाडा, भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत लगायत करिब १०५ देशका थुप्रै चलचित्र, लघु चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो र चलचित्रकर्मीहरु प्रतिस्पर्धामा थिए।

यो म्युजिक भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् र उनी नेपाली म्युजिकबाट धेरै अन्तर्राष्ट्रिय अवार्ड जित्ने निर्देशक हुन्। यसअघि उनले भारतमा समेत अवार्ड जितेका छन्। ‘आमाको ममता’ गीतमा रामकृष्ण ढकालको स्वर, अर्जुन सुवेदीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ। नक्षत्र प्रोडक्शनले निर्माण गरेको यो म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरूसँग विछोड भएपछि गर्नुपरेको संघर्ष र त्यसपछिको सफलताको मार्मिक कथा देखाइएको छ।

यसमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ। भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्। मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतम ‘माइकल’ले प्रोडक्शन डिजाइन गरेका छन् भने मिडिया संयोजन जीवन पराजुली र पब्लिसिटी डिजाइन विजय बश्यालले गरेका हुन्।

यो अवार्डले नेपाली म्युजिक भिडियोको क्षमता र स्तरलाई अझ स्पष्ट पारेको छ। ‘आमाको ममता’ को सफलताले सम्पूर्ण नेपाली कलाकार र म्युजिक भिडियो निर्माता–निर्देशकलाई अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रस्तुत गर्न हौसला प्रदान गरेको छ। निर्देशक कार्की भन्छन्, “अबका दिनहरूमा अझ उत्कृष्ट र स्तरीय म्युजिक भिडियोहरू निर्माण गरेर नेपाली संगीत र कलालाई विश्वसामु चिनाउन म कटिबद्ध छु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu