चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत ‘तिम्रो आँखै रसिलो’ सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत ‘तिम्रो आँखै रसिलो’ सार्वजनिक भएको छ। यस गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन्। आयुषा ‘मेरो डान्स कप युएसए’ की फर्स्ट रनर अप हुन् ।

चलचित्र नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ। यसमा भारत, मलेसिया, पोल्यान्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को कथा र निर्देशन रहेको चलचित्रमा ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण छ। रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान (नर) प्रस्तुत कर्ता रहेको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरेको छ। निर्देशक मित्रका अनुसार यसले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu