महिलामाथि हुने यौन हिंसा विरुद्धको चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक



काठमाडौं। भदौ २१ गते रिलिज हुने नेपाली चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। दुई शीर्ष पुरुष कलाकारहरू गौरव पहारी र नाजिर हुसेनको चारित्रिक पोस्टर सार्वजनिक गरिएका हुन्।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको क्राइम थ्रिलर कथा पेस गर्ने यस चलचित्रका निर्देशक सञ्जोग राई हुन्। निर्देशनमा डेब्यू गरेका राईले ‘देवी’ले महिलामाथि हुने यौन हिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमानदार भएर एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए।

यसमा अभिनेत्री शिल्पा मास्के पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा पर्दामा प्रस्तुत हुने खुलासा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu