‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक



काठमाडौं। यही श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजना भएको एक कार्यक्रमका बिच प्रेम र द्वन्द्वलाई स्थान दिइएको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा उच्च र तल्लो वर्गका बिचको प्रेम र तत्पश्चात् निम्तिने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेत्री नम्रता सापकोटाले उच्च वर्ग र अभिनेता गौरव पहारीले तल्लो वर्गको प्रतिनिधित्व गरेको देखाइएको छ।

राजु गिरी निर्देशित यस चलचित्रका प्रस्तुत कर्ता नारायण खाती हुन्। । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरी लगायतको अभिनय छ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यस चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu