ठुङ मारेको फोटोलाई पुरस्कार दिँदै ‘सतीदेवी’



काठमाडौं। प्रदर्शोन्मुख नेपाली चलचित्र ‘सतीदेवी’ले महिला तथा बालिकामा समर्पित गरी फोटो प्रतियोगिता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ। चलचित्रको एउटा फोटो सार्वजनिक गर्दै सोही थिम अनुसारको फोटो पठाउन चलचित्र टिमले आव्हान गरेको छ।

सार्वजनिक फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत, सृजना अधिकारी, सुजीता सिवाकोटी र तीन बालिका कलाकार हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पिँढीमा लस्करै बसेर एक अर्काको ठुङ मारिरहेका छन्। प्रतियोगितामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘चलचित्र सतीदेवी ०७ भदौबाट प्रदर्शन हुँदैछ’ भन्ने क्याप्सन लेखि पोस्ट गरी चलचित्रको आधिकारिक फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग वा मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ। त्यसै गरी @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्याग वा मेन्सन गर्नुपर्ने बताइएको छ।

प्राप्त फोटोहरू मध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई बिस हजार, दोस्रोलाई दश हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्देशक लक्ष्मण सुवेदीले बताए। फोटो पठाउने अवधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने फोटो प्रतियोगिताको निर्णय ०३ भदौमा हुने र विजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ।

नारी प्रधान कथामा भएको तथा नारीहरूको महान् पर्व तीज नजिक रहेकाले महिलाहरूको सम्मानमा यो प्रतियोगिता आयोजना गरिएको निर्देशक तथा निर्माता सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu