‘आउट लः दफा २१९’को टिजर सार्वजनिक, मजेदार एक्सनमा उत्रिए सुशील



काठमाडौं। असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक टिजरमा अभिनेता सुशील श्रेष्ठलाई मजेदार एक्सनमा उतारिएको छ।

यो चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका छन्। यसमा नवीन गुरुङको डिओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ। अमित अग्रहरी निर्माता हुन् भने विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता हुन्।

यसमा सुशीलसँगै नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ। टिजरमा सुशीललाई ‘एक्सन स्टार’को ट्याग दिइएको छ। यही चलचित्रबाट शिक्षा सङ्ग्रौलाले अभिनयमा डेब्यु गरेकी छन्।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu