‘दयारानी’ हुँदै ‘ईश्वर’ पुगेकी कृष्टिन



काठमाडौं। केही गुरुङ चलचित्रहरूमा प्रमुख भूमिकामा अभिनय गरेकी कृष्टिन गुरुङले केही समयअघि रिलिज भएको नेपाली चलचित्र ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी थिइन्। अब उनी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रूपमा दर्शकमाझ आउँदै छिन्।

गुरुङ फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन्। “यस चलचित्रमा मेरो चरित्रको नाम मिनु हुन्छ। म विद्यालयकी शिक्षिका छु,” उनले आफ्नो चरित्र खुलासा गरिन, “मलाई गाउँले जनराकै फिल्म मन पर्छ। त्यही कारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु, किनभने त्यही रहनसहनमा हुर्केकी छु। मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ।”

गुरुङ भाषाका फिल्मबाट नेपाली फिल्ममा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मन पराइदिनेमा उनी ढुक्क छिन्। “म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु। अरू फिल्मको लागि कुरा गरेकी छैन। ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरू फिल्म गर्ने या नगर्ने भन्ने टुङ्गो लाग्छ,” उनी भन्छिन्।

यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu