काठमाडौं। विजया दशमी २०८१ को अवसर पारी असोज १७ गते घटस्थापनाको दिन रिलिज हुने नेपाली चलचित्र चलचित्र ’बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज गरिएको छ। शुक्रवार सार्वजनिक गीत जयन जे वाइबाले तयार पारेका हुन्। यो गीतमा शब्द, सङ्गीत, र एरेन्ज वाइबाकै रहेको छ भने इन्द्रकला राईले स्वर दिएकी छन्।
यो गीत नेपाली भाषासँगै थारु भाषामा पनि गाइएको छ। गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका छन्। गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का फिचर भएकी छन्। साथै, सिम्रन खड्का र निश्चल बस्नेत पनि फिचर भएका छन्। भिडियोको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन्।
चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीले अभिनय गरेका छन्। सिनेमाको स्टील फोटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेले गरेका छन्।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा तयार भएको हो। यो उनीहरूको डेब्यु निर्देशन पनि हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
यस चलचित्रमा विजय बराल कास्टिङ डिरेक्टरका रुपमा छन् भने छायाङ्कन नरेन्द्र मैनालीले, कोरियोग्राफी प्रदीप लामा र केबीका खत्रीले, सङ्गीत जयन जे वाइवा र कुशल पोखरेलले, सम्पादन निमेष श्रेष्ठले र प्रोडक्सन डिजाइन घनश्याम श्रेष्ठले गरेका छन्।
गीत: