चलचित्र ‘खुस्मा’को पहिलो गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक



काठमाडौं। असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’ पहिलो गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक गरिएको छ। यो प्रेमिल गीतमा सङ्गीत एसडी योगीले तयार पारेका छन्, जसमा योगी र विज्ञानी पराजुलीको युगल स्वर रहेको छ। गीतका रचनाकार राम अविरल विष्ट हुन्।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको मिठासपूर्ण प्रेम भाव देख्न सकिन्छ। गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरू समेटिएको छ, जसको कोरियोग्राफी सुरेन्द्र राईले गरेका छन्।

‘खुस्मा’का लेखक तथा निर्देशक अशोक थापामगर हुन्। ‘खुस्मा’ ठुलो पर्दामा उनको डेब्यू चलचित्र हो। उनले यसअघि केही डकुमेन्ट्री लेखन र निर्देशन गरेका थिए। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्। सह-निर्मातामा मान बहादुर धना मगर र सुस्मिता बुढाथोकी छन्। मोहन राई कार्यकारी निर्माता रहेको यसमा दीपक बज्राचार्यको छायाङ्कन रहेको छ।

चलचित्रमा धिरज र उपासना बाहेक सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu