गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ



काठमाडौं। कञ्चनपुर जिल्ला अदालतले गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

ओडकी पत्नीले गत चैत २० गते गायक विरुद्ध कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी गरेकी थिइन्। आइतबारको सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।

प्रहरीमा आत्मसमर्पण गरेका गायक ओड अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu