चलचित्र ‘बुलाकी’ बन्यो नेपाल आइडल करणको पार्श्व गायनको डेब्यु



काठमाडौं। यही साउन ३२ गते पुनः प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘बुलाकी’को लागि दुई नयाँ गीत रेकर्ड गरिएको छ। गत वर्ष एक दिन प्रदर्शन भएर हलबाट निकालिएको यस चलचित्रमा समावेश हुन लागेका दुई गीतमा नेपाल आइडलको पाँचौँ संस्करण विजेता करण परियारले गायिका द्वय अनु चौधरी समीक्षा अधिकारीले स्वर दिएका छन्।

चलचित्रको पार्श्व गायनमा करण यो यो चलचित्र नै पहिलो बनेको छ। आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा भेटिएका करण केही नर्भस र केही उत्साहित थिए। आफूहरूको स्वरबद्ध गीतले चलचित्रको कमर्सियल पाटोलाई समेत सघाउने विश्वास गायक गायिकाले लिएका छन्। दुवै गीतमा बाबुल गिरीको शब्द एवं सङ्गीत रहेको छ। गीतहरू अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता बिराज विष्टले बताएका छन्। 

चलचित्रको पुनः सम्पादनसहित यो बिचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टले बताए। लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुल द्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu