गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई ४ वर्षसम्म कैद र साढे सात करोडसम्म सजाय



काठमाडौं। विशेष अदालतद्वारा गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरी ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला भएको छ। किर्तेमा संलग्न चार जनामाथि भने एक वर्षको दरले कैद सजायको फैसला भएको छ।

उविन्दराज शाक्य र रेसमबहादुर सिलवाललाई ४ वर्ष र मुक्तिनाथ गौतम र यशकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको हो। रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुसन प्रधानलाई एक–एक वर्ष कैद सजाय भएको छ। अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ।

गायक अमात्यको बिल्वा भूमि वन प्रा.ली.को नाममा रहेको बाराको विश्वम्भर पुर मा रहेको १२ बिगाहा १ कट्ठा जग्गा किर्ते कागजातका भरमा अर्कैका नाममा दर्ता गर्न खोजिएको थियो। उनको जग्गाका नाममा फर्जी कागजात तयार गरी अर्कै समूहले १९ करोड रुपैयाँ ऋण लिएको फेला परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले किर्तेको मुद्दा चलाएको थियो। डेनियल ट्रेडिङ प्रा.ली.नामको कम्पनीले सो जग्गा किनेको भनी नक्कली कागजातका आधारमा ऋण निकालिएको थियो।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu