सक्कीगोनी’का ‘बले’ले गरे झापाकी स्नेहासँग विवाह



काठमाडौं। ‘बले’ नामले परिचित चर्चित हास्य कलाकार तथा मोडल सागर लम्सालले विवाह गरेका छन्। स्याङ्जा निवासी सागरले झापा निवासी स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन्।

Photo: Social Media

चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन्। स्नेहा पेसाले स्टाफ नर्स हुन्। झापा दमककी स्नेहा भक्तपुरस्थित मामाघरमा बस्दै आएकी थिइन्।

सागरले एकदमै हतारमा विवाहको निर्णय गरेको उनका साथी कलाकार हरिस निरौला ‘कक्रोज’ले बताए। उनका अनुसार यो मागी विवाह हो। “केही समय अघि चिनजान र विवाहको कुरा चलेको हो। यहीबिचमा प्रेम भएको होला तर, यो विवाहलाई मागी विवाह नै भन्नुपर्छ,” विवाह स्थलबाट निरौलाले बताए। विवाहमा दुई परिवार बाहेक सागरले अभिनय गरिरहेको टेलि शृङ्खला ‘सक्कीगोनी’का सहकर्मीहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ र हरिस मात्र सहभागी छन्।

हरिसले आफूलाई पनि शनिवार बेलुका अबेर मात्र विवाहबारे जानकारी दिएको बताए।

सागर र स्नेहालाई सफल वैवाहिक जीवनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu