चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक



काठमाडौं। साउन ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को अर्को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ। गीतमा रवि ओड र बेनिशा पौडेलको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत छ। गीतमा कलाकार द्वय ध्रुव थापा र कृष्टि गुरुङको अभिनय छ।

राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईँ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ। भोजराज देवकोटाको पटकथा तथा संवाद छ।

दिव्या कङ्गना फिल्मसको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता हरिबहादुर थापा हुन्। लक्ष्मी कुँवर थापा प्रस्तुत कर्ता हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu