रिलिजको पहिलो दिन कस्तो छ ‘घरज्वाइँ’को व्यापार ?



काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘घरज्वाइँ’ले रिलिजको पहिलो दिन नै बक्स अफिसमा सुखद व्यापार गरेको छ। बिहानी शोमा भारी वर्षाले केही असर गऱ्यो। दिउसोका शो हरूमा भने देशैभर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए।

चलचित्रको अकुपेन्सीका आधारमा हलहरूले शनिवारको लागि थप शो हरू उपलब्ध गराएको देखिएको छ। प्रिमियरमा तारिफ पाएको यो चलचित्रले दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। जसको कारण शनिवार हलमा दर्शकको चाप बढ्ने अनुमान गरिएको छ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् भने जनक घर्ति मगरले निर्माण गरेका छन्। यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu