‘माइली’मा कुसुम शर्मा



काठमाडौं। प्रियङ्का कार्की, करिश्मा मानन्धर, कमला घिमिरे पछि चलचित्र ‘माइली’मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छन्। रुना इन्टरटेन्मेन्टले बाबु बलामीको निर्देशनमा बनाउने यो चलचित्रमा ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल शर्माले अभिनय गर्ने भएकी हुन्।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइन अप पुरा भएको बताइएको छ। निर्देशक बलामीले सत्य घटनामा आधारित कथामा यो चलचित्र बन्न लागेको बताएका छन्। चलचित्रमा श्रीमानको अनुपस्थितिमा बच्चा हुर्काइरहेकी महिलाको सामाजिक र पारिवारिक अवस्था चित्रण गरिनेछ।

यो चलचित्रको छायाङ्कन मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र दुबईमा हुने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu