देशभर २ सय पचास शो सहित रिलिज भयो ‘घरज्वाइँ’



काठमाडौं। दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र ‘घरज्वाइँ’ रिलिज भएको छ। चलचित्रका वितरक रोहित कट्टेलले चलचित्रले देशभर २ सय पचास भन्दा धेरै शो प्राप्त गरेको पुष्टि गरे।

‘घरज्वाइँ’को मङ्गलवार नै प्रिमियर शो को आयोजना गरिएको थियो। प्रिमियरबाट चलचित्रलाई सुखद प्रतिक्रिया प्राप्त भएको थियो। अनिल बुढा मगरले निर्देशन गरेको यो चलचित्र मगर संस्कृतिमा आधारित छ। निर्माता जनक घर्ती मगर हुन्। पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको यस चलचित्रका छायाकार सुसन प्रजापति हुन्। 

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण भएको हो। यसमा दया-मिरुना सहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu