‘ईश्वर’ अभिनेता ध्रुव भन्छन्, ‘सङ्ख्या कम भए पनि पाको कलाकार हुँ’



काठमाडौं। रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव थापाले प्रमुख अभिनय नेपाली चलचित्र ‘ईश्वर’ साउन ११ गते रिलिज हुँदैछ। यो चलचित्रमा उनी अभिनेता मात्र होइनन्, निर्माता पनि उनै हुन्।

पछिल्लो समय उनी संयुक्त राज्य अमेरिकामा बस्छन्। त्यहाँबाट नै उनले यो चलचित्रमा आफ्नो भूमिकाबारे कुरा गरेका छन्। “निडर, निष्ठावान्, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा मैले यो चलचित्रमा काम गरेको छु। मैले अभिनय गरेको पात्रले समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ,” ध्रुवले बताए।

उनले कामको सङ्ख्याका आधारमा आफूसँग थोरै चलचित्र भए पनि समय र अनुभवले भने पाको भइसकेको महसुस गर्छन्, “एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुझेको छु। म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेको छैन। केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै र पाको कलाकार भन्न रुचाउँछु।”

ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतिमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गरेका थिए। त्यो यात्रा टिभी शृङ्खला हुँदै चलचित्रसम्मै पुग्यो। “म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो। पारिवारिक व्यस्तता, आफूमा निर्माता नगरेको विश्वास, नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराउन बाध्य भए,” आफैले लगानी गरेर अभिनयमा फर्केका थापालाई अहिले भने समस्या समाधान भएजस्तो लाग्छ र भन्छन्, “त्यसैले चलचित्रमा पुनः फर्किएको छु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu