लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ सुरु



काठमाडौं। लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२४’ सुरु भएको छ। थर्ड आइ, लन्डनले आयोजना गरेको फेस्टिभलको नेपालको व्यवस्थापन भने द दिनेश डिसी प्रोडक्सनले गरेको छ। मङ्गलवार, जुलाई ७ देखि सुरु भएको यो फेस्टिभल जुलाई २० सम्म जारी रहने मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

यो चलचित्र महोत्सवमा पाँच वटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन्। फेस्टिभलको सुरुवातमा पहिलो दिन प्रदीप शाहीको निर्देशन रहेको नेपाली चलचित्र ‘अन्तिम संस्कार’ र विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र ‘हल्कारा’ स्क्रिनिङ गरिएको थियो। फेस्टिभलमा देव थापा निर्देशित ‘टुल्की’ र सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ पनि स्क्रिनिङ हुनेछ। कार्यक्रमको समापन जुलाई २० मा चलचित्र ‘सरिता’बाट हुने बताइएको छ।

फेस्टिभलमा समापन समारोहमा नेपालबाट १४ जना चलचित्रकर्मीहरू जानेछन्। शम्भुजित बास्कोटा, भुवन केसी, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी लगायत लन्डन जाने तय भएको छ।

यो महोत्सवको समापन समारोहमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान प्रदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu